(अन्तरास्ट्रिय जर्नलमा प्रकाशित अनुसन्धानमा आधारित लेख)
नसर्ने रोगहरुबाट हुने कुल
मृत्युदर मध्ये क्यान्सरको योगदान विश्वमै प्रमुख स्थानमा पर्दछ। यसलाई नेपाली
भाषामा अर्बुद रोगले समेत चिनिन्छ । विश्वमा हुने क्यान्सर मध्ये पुरुषहरुमा
प्रोस्टेट क्यान्सर र महिलाहरुमा स्तन क्यान्सरको समस्याले मुख्य स्थान लिएको छ ।
नेपालमा भने पुरुषमा फोक्सोको क्यान्सर तथा महिलामा पाठेघरको क्यान्सर समस्या
ज्यादातर देखिएको बिभिन्न अनुसन्धानले पुस्टि गरेका छन ।
|
Dr. Bishal Gyawali, Oncologist
नेपाल लगायत अविकसित
रास्ट्रहरुमा स्तन क्यान्सरको रुग्णता र भार बढ्दो छ। यो रोग धनि मुलुकका महिलाहरूको रोग
भएतापनि पछिल्लो समयमा जीवनस्तरमा आएको व्यापक परिबर्तन सगै बिस्तारै अविकसित
मुलुकका महिलाहरुको मृत्युको प्रमुख कारण बन्दै आएको छं । नेपालमा मुख्यतः चरम
आर्थिक अभाब र क्यान्सरको अन्तिम अवस्थामा आएर रोग निदान हुने कारणले गर्दा यस
रोगबाट धेरै महिलाहरुको मृत्यु भएको छ । अत: स्तन क्यान्सरबाट हुने रुग्णता र
मृत्युको भारबाट बच्न अविकसित मुलुकहरुले रोग निदानमा (Disease screening) लगानी गर्नु आवश्यक देखिन्छ । स्तन क्यान्सर निदानका प्रचलित विधिहरू:
Mammography: स्तन क्यान्सर निदानमा धेरै प्रयोग
हुने विधि हो । जसले क्यान्सरको रुग्णता घटाउन निकै मद्त गर्दछ, प्राय: धनि
राष्ट्रहरुमा यो विधि प्रयोगमा छ । तर यो विधि तन्नेरी उमेरका महिलाहरुको रोग
निदानमा खासै प्रभाबकारी हुन सकेको छैन । यस विधिको प्रयोगको उपयोगिता बारे अविकसित
मुलुकले अनुसन्धान गर्नुपर्ने देखिन्छ । यो विधिले समग्रमा अविकसित मुलुकका
महिलाहरुको मृत्युदरलाई कम गर्दैन किनभने अविकसित देशका महिलाहरुमा प्राय: तन्नेरी
उमेरमा स्तन क्यान्सर देखिन सुरु गर्दछ ।
Clinical Breast Examination: यो विधि Mammography भन्दा सस्तो र
किफायती पर्न जान्छ स्तन क्यान्सर निदानमा। अत: नेपालमा यसको प्रयोग स्तन क्यान्सर
निदानमा भरपुर उपयोग गर्न सकिन्छ।
Disease screening का विधिहरुको रास्ट्रिय स्वास्थ्य प्रणालीमा संयोजन
गर्नपुर्ब यसको किफायती (Cost
effectiveness) र औचित्यताबारे बारे व्यापक
अनुसन्धान गर्नुपर्ने देखिन्छ । अविकसित रास्ट्रहरुले स्तन क्यान्सरको भारलाई
घटाउन मुख्यतः धुम्रपान नियन्त्रण कार्यक्रम, स्वस्थ्यकर खानपिन र आहार तथा
स्वस्थ्यकर जिबनशैलीलाई बढावा दिने गतिबिधिहरू संचालन गर्नु पर्ने निचोड यस
अनुसन्धानले निकालेको छ ।
प्रमुख अनुसन्धानकर्ता
डा.बिशाल ज्ञवाली
क्यान्सर रोग विशेषज्ञ
Nagoya University
Hospital, Japan
यस अनुसन्धानबारे बृस्तित
रुपमा हेर्नु परेमा कृपया तलको लिंकमा गएर हेर्न सक्नु हुन्छ:
|
No comments:
Post a Comment