Blog list

Wednesday, July 2, 2014

Non -communicable diasease in Nepal

धेरै पहिला हाम्रो समाजमा प्राय: स्वच्छ आहार, स्वच्छ खानेपानी तथा सरसफाईको अभावमा सरुवा रोगहरुको कारण धेरै मनिसको मृत्यु हुने गर्दथ्यो। आधुनिक युगको विकाशसगै मानिसको जीवनस्तरमा (Life-style modification) परिबर्तन आएको छ, बैज्ञानिक उपलब्धिको कारण मनिसको जीवनस्तर सरल बनेको छ। चिकित्साक्षेत्रमा भएको उलेख्य प्रगतिको कारण हाल सरुवा रोगहरुको उपचार सरल बनेको छ। 

पर्याप्त शारीरिक व्य़ायमको कमि तथा निस्क्रियता,विलासीपूर्ण जीवनशैली ज्यादा मानसिक तनाव, पर्याप्त निन्द्राको अभाव, यान्त्रिक जीवनशैली, मनोवैज्ञानिक तथा आत्मीय सन्तुष्टिको कमि, कडा प्रतिस्पर्धा, एक्लोपन, वातारण प्रदूषण, खानपिनमा मिसावट तथा तयारी खाना प्रति बढ्दो आकर्षण, धुम्रपान तथा मधपानको बढ्दो दर आदिको कारण विश्वमा नसर्ने रोगहरुको भार(Burden) र दर (Prevalance) बढ्दो छ  विकसित देशहरुमा यो समस्या झन बिकराल बनेको छ। विकासोन्मुख मुलुक लगाएत नेपालमा समेत नसर्ने रोगको भार तथा दर बढ्दो छ। नसर्ने रोगको कारण विश्वमा करिब १० जनामध्ये ७ जनाको मृत्यु अनि विकासोन्मुख मुलुकमा ५ जनामध्ये ४ जनाको मृत्यु हुने गर्दछ नेपालमा भने १० जनामध्ये ४ जनाको मृत्यु हुने गर्दछ । हाल विश्व लगायत नेपालमा मृत्युको गराउने प्रमुख नसर्ने रोगहरुमा मुटुको रोग, क्यान्सर, दिर्घ फोक्सोको रोग, तथा मधुमेह पर्दछन् । व्रिस्तित बिबरण थाहा पाउन तलको लिंकमा हेर्न सक्नु हुन्छ।


नेपालको मेडिकल कलेजमा अध्यनरत विधार्थीहरुमा  गरिएको एक अनुसन्धानले पनि नसर्ने रोगको जोखिम बढेको देखाएको छ । १ सय ९१ विद्यार्थीमा गरिएको अध्ययनमा ५० दशमलब ८ प्रतिशत विद्यार्थीले मद्यपान गर्ने गरेको पाइएको थियो । यस्तै, २० दशमलब ४ प्रतिशत विद्यार्थीहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको, न्युन शारीरिक श्रम गर्नेहरु ३० दशमलब ९० प्रतिशतमात्र भएको र पर्याप्त मात्रामा फलफूलको सेवन नगर्ने विद्यार्थी भने ८५ दशमलब ६ प्रतिशत थिए । महिलाले पुरुषभन्दा कम शारीरिक परिश्रम गर्ने गरेको अध्ययनमा पार्र्ईएको थियो भने पुरुषले महिलाभन्दा बढी सुर्तीजन्य पदार्थको प्रयोग तथा मद्यमान गर्ने पाइएको थियो ।

मेडिकल बिधार्थीमा नसर्ने रोग जोखिमका प्रमुख कारणहरु



व्रिस्तित बिबरण थाहा पाउन तलको लिंकमा हेर्न सक्नु हुन्छ।

 हृदयाघात-


नसर्ने रोगबाट बच्ने उपायहरु-
  • सधै शारीरिक कसरत गर्ने,हसिँलो तथा फुर्तिलो रहने; 
  • मानसिक तनाबबाट टाढा रहने, योग तथा ध्यानले मानसिक शान्ति प्रदान गर्छ 
  • सन्तुलित भोजन गर्ने, बजारमा पाइने तयारी खाना सके सम्म नखाने;
  • खानामा हरिया सागपात तथा फलफूल समाबेश अनिबार्य गर्ने, धेरै चिल्लो बाट बच्ने; 
  • धुम्रपान तथा मध्यपान बाट टाढा रहने; 
  • निन्द्रा पर्याप्त हुनु पर्दछ(६ देखि ८ घण्टा)।