Blog list

Monday, September 24, 2012

Community health diagnosis &Gosaikunda memory(समुदाय स्वास्थ्य निरुपण र गोसाईकुण्डको अविस्मरणीय यात्रा)

जीवन यात्रा हो जहाँ हामीले अनगिन्ती भोगाईको अनुभूति गर्दै धेरै कुरा सिक्नु पर्ने हुन्छ। प्रसंग हाम्रो महाराज गन्ज मेडिकल क्यामपस अन्तर्गत जनस्वास्थ्य विषयको दोस्रो बर्षको "Community Health Diagnosis" कार्यक्रम थियो रसुवामा। समुदायमा भएका विभिन्न स्वास्थ्य समस्याहरुको निरुपण गर्ने हाम्रो उदश्य थियो, जहाँ सिकाइको अनुभव लिन प्रतक्ष्य रुपमा फिल्डमा खटिएका थियौ हामी। जिल्ला स्वास्थ्य कार्यलयसंग अनुमति लिएर हामी धुन्चे अन्तर्गतका गाबिस हरूमा स्वास्थ्य समस्या बुझ्न सुरु गर्यौ । हामी दस जनाको टिम थियौ, सबैको आफ्नो अलग प्रतिभा र विशेषता थियो सोहि अनुसार सबैले अलग -अलग जिम्मेवारी लिन्थ्यौ ।
BPH 24th Batch, IOM



 रसुवा नेपालको विकट पहाडी जिल्ला तर अत्यन्त रमणीय स्थल हो जहाँ बिश्व प्रसिद्ध गोसाईकुण्ड ताल रहेको छ जसलाई हेर्न विश्वका पर्यटकको घुइचो लाग्दछ। यो जिल्लमा धेरै तामाङ जतिको बाहुल्य रहेको छ । अध्यनको क्रममा त्यहाँको जातजातिको सामाजिक तथा सांस्कृतिक परम्परा र तेस्ले मानिसको स्वास्थ्यमा कसरि प्रभाव पार्दछ भन्ने कुराको अनुसन्धान गर्यो हामीले।

अध्यन गर्दा देखिएका स्वास्थ्य समस्याहरु -
  • काम गर्ने पर्याप्त स्वास्थ्य जनशक्ति र उपकरणको अभाब 
  • सरसफाईको कमि
  • स्वच्छ खानेपानीको अभाब तथा चर्पीको समस्या 
  • प्रसुती गराउने स्वास्थ्य संस्थाको(Birthing Centre) कमि 
  • मानिसहरुमा स्वास्थ्य संम्भधि जनचेतनाको कमि आदि ।
स्वास्थ्य समस्याहरूको निरुपण पश्चात कुनै एक समस्यालाई सम्बोदन गर्न निम्न criteria को आधारमा उपयुक्त समस्या चयन गर्योँ-
  • Feasibility of problem
  • Cost effictiveness
  • Time
  • Real problem
  • People particiapation 
  • Administrative support


हामीले तेहा सरसफाईको समस्यलाई सम्बोदन गर्न उपयुक्त मानी तेहा रहेका सरकारी निकाय, गैरसरकारी संस्था,स्थानीय क्लब, संम्भदित स्वास्थ्य निकाय, विधालय तथा स्थानीय महत्वपूर्ण व्यक्तिहरुलाई साथमा लिएर धुन्चे सरसफाई कार्यक्रम सफलतको साथ सम्पन्न गर्यो, हाम्रो कार्यक्रमको  नारा यो थियो-
“आऔ जोडौ हातमा हातमा हात, गाउँ-टोल सफा गरौ एक साथ"



सरसफाई कार्यक्रम पश्चात हाम्रो ध्यान गोसाईकुण्ड यात्राको चरम प्रतिक्ष्याको विषय थियो, निकै उत्सुक थियौँ हामी जोखिमपूर्ण रमाइलो पैदल यात्रामा। सम्पूर्ण तयारी पश्चात हामीले  बिस्तारै गन्तव्य तर्फ पाइला अघि बढायौ ।


जति यात्रा अघि बढ्दै थियो तेति नै रमणीय मनमोहक दृश्य, सुसाएको झरना अनि कलकल गर्ने खोलाको पानीले हामीलाई निकै रोमांचित बनायो लाग्थ्यो स्वर्ग आफ्नै जन्मभूमि नेपालमा नै छ । मैले शास्त्रमा एउटा श्लोक सुनेको सत्य रहेछ उक्त श्लोक थियो-
"जननी जन्मभुमिस्च: स्वर्गदपी गरियसी"




Rasuwa falls




यात्राको क्रम अघि बढ्दै थियो बाटोमा अन्य धेरै पर्यटकहरू संग  भेट हुदा हात हल्लाउदै हाई गरिन्थ्यो
उनीहरु पनि प्रकृतिसग रमाउदै अघि बढ्दै थिए गन्तव्यमा । यात्राको दौरान थकाई नि लाग्दै गयो बाटोमा बिश्राम गर्दै पानी र खाजाको सहारामा पाइला अघि बढयौ । बाटोमा जनावरको  डर थियो तैपनि हिम्मतका साथ अघि बढयौ। यात्राको क्रममा झरी पर्यो बाटो चिप्लो थियो, निकै थकित भयौ हामी लगातार हिडाईले।एकदिनको लगातार झरीसँगको हिडाई पश्चात एउटा होटेलमा ओत लाग्यौ अनि थाकेको हुदा राती मज्जाले निन्द्रामा परियो।




BPH 24TH batch,IOM




भोलि बिहान चियाको चुस्कीसगै गन्तव्य तर्फ पाइला अघि बढायौ, करिब तिन घण्टा हिडे पश्चात सबैले प्रतीक्षा गरेको गोसाईकुण्डको अति सुन्दर दृश्य देख्यौ हामीले।  देख्दै अति सुन्दर लाग्ने दृश्यले मन शान्त र फुरुंग भयो सबैको । किम्बदन्ती अनुसार भगवान शिवले कालकुट विषपान गरेपश्चात तेस्को पीडालाई शान्त पार्न जलमा सयन गर्नको लागि त्रिशुलले जमिनमा प्रहार गर्दा गोसाईकुण्डको उत्पति भएको रहेछ। गोसाईकुण्ड बाहेक तेहा अरु १२ प्रकारका अन्य कुण्डहरू रहेछन जस्तै सुर्य कुण्ड, भैरब कुण्ड नाग कुण्ड आदि।



गोसाईकुण्ड बाहेक रसुवामा हामीले अन्य धेरै प्राकृतिक र धार्मिक स्थलको दृश्य अवलोकन गर्यो जसमध्ये गतलांगको तातोपानीको कुण्ड निकै प्रख्यात थियो जसमा स्नान गरेमा बिभिन्न किसिमका चर्मरोगको उपचार हुन्छ भन्ने जनमत रहेछ। यस्तो प्राकृतिक उपचार स्थललाई नेपाल र विश्वमा परिचय गराउन सके सबैले लाभ लिनुको साथै विदेशी मुद्राको आर्जन मनग्य हुने थियो।

Tatopani kund, Rasuwa
रसुवाको समुदाय स्वास्थ्य निरुपण कार्यक्रम सफलताको साथ सम्पन्न भयो, उक्त शैक्षिक कार्यक्रम बाट निम्न Learning reflaction पायौ हामीले-
  • मानिसको स्वास्थ्यलाई तेहाको सामाजिक तथा सांस्कृतिक परिबेशले असर पार्दछ
  • समुदायको स्वास्थ्य समस्या समाधान गर्न स्थानीय स्तरमा समवन्य र सहकार्य अति आवश्यक हुन्छ।