Blog list

Monday, June 1, 2015

Beneficence of optimum salt consumption

आयोडिनयुक्त नुनबारे स्वास्थ्य सन्देश-

उच्च रक्तचापको कारण बिश्व र दक्षिण एसियामा धेरै मानिसहरुको मृत्युदर बढ्दो छ । अत्यधिक नुन य़ा सोडियमको सेवन नै उच्च रक्तचापको प्रमुख जोखिम तत्व (risk factor) हो । अत्यधिक नुन सेवनको मात्रलाई कम गर्ने हो भने उच्च रक्तचापको दर घट्न जान्छ फलस्वरूप मुटुको रोग तथा मस्तिस्कघात हुनबाट जोगिने सम्भावना धेरै हुन्छ। अत्यधिक नुन सेवनको  दरलाई कम गर्ने रणनीति जनताको स्वास्थ्यमा सुधार गर्ने एउटा cost-effective intervention को रुपमा प्रमाणित भएको छ ।




किन हामीले नुनको सेवन गर्दा होसियार हुने त?

  •  उच्च रक्तचापको कारण बिश्व र दक्षिण एसियामा धेरै मानिसहरुलाई  मुटुको रोग, मस्तिस्कघात तथा विकलांग भै करिब 90 लाख जति  मानिसको बर्षेनी मृत्यु हुने गरेको छ ;
  • दक्षिण एसियामा  प्रति चार जना मनिसमा उच्च रक्तचापको समस्या छ ;
  • दक्षिण एसियामा औसत रुपमा दैनिक नुन सेवनको परिमाण 9-12 gm छ जुन विश्व स्वास्थ्य संघगठनले निर्धारण गरेको भन्दा दोब्बर मात्राको सेवन हो ;
  • अत्यधिक नुन सेवनको मात्रा कम गर्नाले विश्वमा 2025  सम्म नसर्ने रोगबाट  हुने  थप 25% मृत्युदर घटाउने  लक्ष्य प्राप्त गर्न अति आवश्यक हुन्छ ।


दैनिक औसत नुन सेवनको मात्रा कति त?
विश्व स्वास्थ्य संगगठन(WHO) अनुसार प्रति व्यक्ति नुनको सेवन पाँच ग्राम(< 5 gm/per person) भन्दा कम हुनु पर्दछ ।

हामीले नुन सेवनमा नियन्त्रण गर्न कस्तो उपाय अपनाउने त ?

  • खाना पकाउँदा कम नुनको प्रयोग गर्ने ;
  • बजारमा पाइने तयारी खानाहरु (Junk Food) जसमा धेरै नुन मिसिएको हुन्छ जस्तै चाउचाउ, तयारी अचार, नुनिलो परिकार आदिको सेवनमा नियन्त्रण गर्ने ;
  • आयोडिनयुक्त नुनको मात्र सेवन गर्ने ;
  • प्रसस्त फलफूलको सेवन गर्ने जसमा पोटासियमको मात्रा धेरै हुन्छ जसले रक्तचाप घटाउन सहयोग गर्दछ ।


स्वास्थकर्मीको भूमिका के हुन सक्छ?

  • समुदायलाई आयोडिनयुक्त नुन सेवनको सहि मात्रा बारे जनचेतना जोगाउने;
  •  उच्च रक्तचाप भएका बिरामी तथा उनीहरुका परिवारलाई सहि मात्रामा नुनको प्रयोग गर्न सुझाब दिने; 
  • स्वास्थ्य नीति निर्माणकर्ता लाई नुनको उपयुक्त प्रयोग गर्ने बारे सुझाब दिने तथा स्वमं सहभागी हुने; 
  • नुनको उपयुक्त प्रयोग गर्ने बारे स्वास्थसंस्था/कार्यस्थलमा वकालत गर्ने ।





Wednesday, July 2, 2014

Non -communicable diasease in Nepal

धेरै पहिला हाम्रो समाजमा प्राय: स्वच्छ आहार, स्वच्छ खानेपानी तथा सरसफाईको अभावमा सरुवा रोगहरुको कारण धेरै मनिसको मृत्यु हुने गर्दथ्यो। आधुनिक युगको विकाशसगै मानिसको जीवनस्तरमा (Life-style modification) परिबर्तन आएको छ, बैज्ञानिक उपलब्धिको कारण मनिसको जीवनस्तर सरल बनेको छ। चिकित्साक्षेत्रमा भएको उलेख्य प्रगतिको कारण हाल सरुवा रोगहरुको उपचार सरल बनेको छ। 

पर्याप्त शारीरिक व्य़ायमको कमि तथा निस्क्रियता,विलासीपूर्ण जीवनशैली ज्यादा मानसिक तनाव, पर्याप्त निन्द्राको अभाव, यान्त्रिक जीवनशैली, मनोवैज्ञानिक तथा आत्मीय सन्तुष्टिको कमि, कडा प्रतिस्पर्धा, एक्लोपन, वातारण प्रदूषण, खानपिनमा मिसावट तथा तयारी खाना प्रति बढ्दो आकर्षण, धुम्रपान तथा मधपानको बढ्दो दर आदिको कारण विश्वमा नसर्ने रोगहरुको भार(Burden) र दर (Prevalance) बढ्दो छ  विकसित देशहरुमा यो समस्या झन बिकराल बनेको छ। विकासोन्मुख मुलुक लगाएत नेपालमा समेत नसर्ने रोगको भार तथा दर बढ्दो छ। नसर्ने रोगको कारण विश्वमा करिब १० जनामध्ये ७ जनाको मृत्यु अनि विकासोन्मुख मुलुकमा ५ जनामध्ये ४ जनाको मृत्यु हुने गर्दछ नेपालमा भने १० जनामध्ये ४ जनाको मृत्यु हुने गर्दछ । हाल विश्व लगायत नेपालमा मृत्युको गराउने प्रमुख नसर्ने रोगहरुमा मुटुको रोग, क्यान्सर, दिर्घ फोक्सोको रोग, तथा मधुमेह पर्दछन् । व्रिस्तित बिबरण थाहा पाउन तलको लिंकमा हेर्न सक्नु हुन्छ।


नेपालको मेडिकल कलेजमा अध्यनरत विधार्थीहरुमा  गरिएको एक अनुसन्धानले पनि नसर्ने रोगको जोखिम बढेको देखाएको छ । १ सय ९१ विद्यार्थीमा गरिएको अध्ययनमा ५० दशमलब ८ प्रतिशत विद्यार्थीले मद्यपान गर्ने गरेको पाइएको थियो । यस्तै, २० दशमलब ४ प्रतिशत विद्यार्थीहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको, न्युन शारीरिक श्रम गर्नेहरु ३० दशमलब ९० प्रतिशतमात्र भएको र पर्याप्त मात्रामा फलफूलको सेवन नगर्ने विद्यार्थी भने ८५ दशमलब ६ प्रतिशत थिए । महिलाले पुरुषभन्दा कम शारीरिक परिश्रम गर्ने गरेको अध्ययनमा पार्र्ईएको थियो भने पुरुषले महिलाभन्दा बढी सुर्तीजन्य पदार्थको प्रयोग तथा मद्यमान गर्ने पाइएको थियो ।

मेडिकल बिधार्थीमा नसर्ने रोग जोखिमका प्रमुख कारणहरु



व्रिस्तित बिबरण थाहा पाउन तलको लिंकमा हेर्न सक्नु हुन्छ।

 हृदयाघात-


नसर्ने रोगबाट बच्ने उपायहरु-
  • सधै शारीरिक कसरत गर्ने,हसिँलो तथा फुर्तिलो रहने; 
  • मानसिक तनाबबाट टाढा रहने, योग तथा ध्यानले मानसिक शान्ति प्रदान गर्छ 
  • सन्तुलित भोजन गर्ने, बजारमा पाइने तयारी खाना सके सम्म नखाने;
  • खानामा हरिया सागपात तथा फलफूल समाबेश अनिबार्य गर्ने, धेरै चिल्लो बाट बच्ने; 
  • धुम्रपान तथा मध्यपान बाट टाढा रहने; 
  • निन्द्रा पर्याप्त हुनु पर्दछ(६ देखि ८ घण्टा)।



Monday, September 24, 2012

Community health diagnosis &Gosaikunda memory(समुदाय स्वास्थ्य निरुपण र गोसाईकुण्डको अविस्मरणीय यात्रा)

जीवन यात्रा हो जहाँ हामीले अनगिन्ती भोगाईको अनुभूति गर्दै धेरै कुरा सिक्नु पर्ने हुन्छ। प्रसंग हाम्रो महाराज गन्ज मेडिकल क्यामपस अन्तर्गत जनस्वास्थ्य विषयको दोस्रो बर्षको "Community Health Diagnosis" कार्यक्रम थियो रसुवामा। समुदायमा भएका विभिन्न स्वास्थ्य समस्याहरुको निरुपण गर्ने हाम्रो उदश्य थियो, जहाँ सिकाइको अनुभव लिन प्रतक्ष्य रुपमा फिल्डमा खटिएका थियौ हामी। जिल्ला स्वास्थ्य कार्यलयसंग अनुमति लिएर हामी धुन्चे अन्तर्गतका गाबिस हरूमा स्वास्थ्य समस्या बुझ्न सुरु गर्यौ । हामी दस जनाको टिम थियौ, सबैको आफ्नो अलग प्रतिभा र विशेषता थियो सोहि अनुसार सबैले अलग -अलग जिम्मेवारी लिन्थ्यौ ।
BPH 24th Batch, IOM



 रसुवा नेपालको विकट पहाडी जिल्ला तर अत्यन्त रमणीय स्थल हो जहाँ बिश्व प्रसिद्ध गोसाईकुण्ड ताल रहेको छ जसलाई हेर्न विश्वका पर्यटकको घुइचो लाग्दछ। यो जिल्लमा धेरै तामाङ जतिको बाहुल्य रहेको छ । अध्यनको क्रममा त्यहाँको जातजातिको सामाजिक तथा सांस्कृतिक परम्परा र तेस्ले मानिसको स्वास्थ्यमा कसरि प्रभाव पार्दछ भन्ने कुराको अनुसन्धान गर्यो हामीले।

अध्यन गर्दा देखिएका स्वास्थ्य समस्याहरु -
  • काम गर्ने पर्याप्त स्वास्थ्य जनशक्ति र उपकरणको अभाब 
  • सरसफाईको कमि
  • स्वच्छ खानेपानीको अभाब तथा चर्पीको समस्या 
  • प्रसुती गराउने स्वास्थ्य संस्थाको(Birthing Centre) कमि 
  • मानिसहरुमा स्वास्थ्य संम्भधि जनचेतनाको कमि आदि ।
स्वास्थ्य समस्याहरूको निरुपण पश्चात कुनै एक समस्यालाई सम्बोदन गर्न निम्न criteria को आधारमा उपयुक्त समस्या चयन गर्योँ-
  • Feasibility of problem
  • Cost effictiveness
  • Time
  • Real problem
  • People particiapation 
  • Administrative support


हामीले तेहा सरसफाईको समस्यलाई सम्बोदन गर्न उपयुक्त मानी तेहा रहेका सरकारी निकाय, गैरसरकारी संस्था,स्थानीय क्लब, संम्भदित स्वास्थ्य निकाय, विधालय तथा स्थानीय महत्वपूर्ण व्यक्तिहरुलाई साथमा लिएर धुन्चे सरसफाई कार्यक्रम सफलतको साथ सम्पन्न गर्यो, हाम्रो कार्यक्रमको  नारा यो थियो-
“आऔ जोडौ हातमा हातमा हात, गाउँ-टोल सफा गरौ एक साथ"



सरसफाई कार्यक्रम पश्चात हाम्रो ध्यान गोसाईकुण्ड यात्राको चरम प्रतिक्ष्याको विषय थियो, निकै उत्सुक थियौँ हामी जोखिमपूर्ण रमाइलो पैदल यात्रामा। सम्पूर्ण तयारी पश्चात हामीले  बिस्तारै गन्तव्य तर्फ पाइला अघि बढायौ ।


जति यात्रा अघि बढ्दै थियो तेति नै रमणीय मनमोहक दृश्य, सुसाएको झरना अनि कलकल गर्ने खोलाको पानीले हामीलाई निकै रोमांचित बनायो लाग्थ्यो स्वर्ग आफ्नै जन्मभूमि नेपालमा नै छ । मैले शास्त्रमा एउटा श्लोक सुनेको सत्य रहेछ उक्त श्लोक थियो-
"जननी जन्मभुमिस्च: स्वर्गदपी गरियसी"




Rasuwa falls




यात्राको क्रम अघि बढ्दै थियो बाटोमा अन्य धेरै पर्यटकहरू संग  भेट हुदा हात हल्लाउदै हाई गरिन्थ्यो
उनीहरु पनि प्रकृतिसग रमाउदै अघि बढ्दै थिए गन्तव्यमा । यात्राको दौरान थकाई नि लाग्दै गयो बाटोमा बिश्राम गर्दै पानी र खाजाको सहारामा पाइला अघि बढयौ । बाटोमा जनावरको  डर थियो तैपनि हिम्मतका साथ अघि बढयौ। यात्राको क्रममा झरी पर्यो बाटो चिप्लो थियो, निकै थकित भयौ हामी लगातार हिडाईले।एकदिनको लगातार झरीसँगको हिडाई पश्चात एउटा होटेलमा ओत लाग्यौ अनि थाकेको हुदा राती मज्जाले निन्द्रामा परियो।




BPH 24TH batch,IOM




भोलि बिहान चियाको चुस्कीसगै गन्तव्य तर्फ पाइला अघि बढायौ, करिब तिन घण्टा हिडे पश्चात सबैले प्रतीक्षा गरेको गोसाईकुण्डको अति सुन्दर दृश्य देख्यौ हामीले।  देख्दै अति सुन्दर लाग्ने दृश्यले मन शान्त र फुरुंग भयो सबैको । किम्बदन्ती अनुसार भगवान शिवले कालकुट विषपान गरेपश्चात तेस्को पीडालाई शान्त पार्न जलमा सयन गर्नको लागि त्रिशुलले जमिनमा प्रहार गर्दा गोसाईकुण्डको उत्पति भएको रहेछ। गोसाईकुण्ड बाहेक तेहा अरु १२ प्रकारका अन्य कुण्डहरू रहेछन जस्तै सुर्य कुण्ड, भैरब कुण्ड नाग कुण्ड आदि।



गोसाईकुण्ड बाहेक रसुवामा हामीले अन्य धेरै प्राकृतिक र धार्मिक स्थलको दृश्य अवलोकन गर्यो जसमध्ये गतलांगको तातोपानीको कुण्ड निकै प्रख्यात थियो जसमा स्नान गरेमा बिभिन्न किसिमका चर्मरोगको उपचार हुन्छ भन्ने जनमत रहेछ। यस्तो प्राकृतिक उपचार स्थललाई नेपाल र विश्वमा परिचय गराउन सके सबैले लाभ लिनुको साथै विदेशी मुद्राको आर्जन मनग्य हुने थियो।

Tatopani kund, Rasuwa
रसुवाको समुदाय स्वास्थ्य निरुपण कार्यक्रम सफलताको साथ सम्पन्न भयो, उक्त शैक्षिक कार्यक्रम बाट निम्न Learning reflaction पायौ हामीले-
  • मानिसको स्वास्थ्यलाई तेहाको सामाजिक तथा सांस्कृतिक परिबेशले असर पार्दछ
  • समुदायको स्वास्थ्य समस्या समाधान गर्न स्थानीय स्तरमा समवन्य र सहकार्य अति आवश्यक हुन्छ।